+
+
Shares

विवादास्पद छविका अभिषेक गिरी सम्पर्कविहीन भएपछि घरमा टाँसियो प्रहरीको पत्र

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि बोलाउँदा नआएपछि मोरङ प्रहरीले गत १९ कात्तिकमा गिरीलाई हुलाकमार्फत पत्र काटेको थियो । तर प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि गिरी फरार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १२:१९

२८ कात्तिक, विराटनगर । सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धानका लागि प्रहरीले बोलाउँदा नआएपछि प्रहरीले विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँसेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बयानका लागि आउन भन्दै हुलाकमार्फत पठाएको पत्र बुझ्ने नभेटेपछि घरको भित्तामा सूचना टाँसिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार गिरीको घरमा सूचना टाँसिएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि बोलाउँदा नआएपछि मोरङ प्रहरीले गत १९ कात्तिकमा गिरीलाई हुलाकमार्फत पत्र काटेको थियो । तर प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि गिरी फरार छन् ।

प्रहरीले काटेको  पत्रमा आफ्नो दसीप्रमाण तथा आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन अनुरोध भनिएको छ ।  पत्र काटेको सात दिन बित्दा पनि उनी सम्पर्कमा नआएपछि कानुनी प्रक्रियाको दोस्रो चरणअन्तर्गत
घरमा सूचना टाँस गरेको हो ।

आपराधिक लाभ लिई संगठित अपराध गरेको आरोप लागेका गिरीविरुद्ध अहिले प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धान गरिरहेको छ । तर, उनी गत असोजदेखि भारत गएर बसेकाे प्रहरी स्राेतकाे दाबी छ ।

मोरङ कारागारका कैदीबन्दीलाई बाडेकाे १३ लाख बढी भत्ता गायब भएपछि  गत १३ असारमा गिरी पक्राउ परेका थिए ।

उच्च अदालत विराटनगरकाे आदेशपछि म्याद थप नभएपछि २३ असारमा छुटेका उनलाई साेही दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकाे थियो ।

२१ साउनमा छुटेका उनलाई पुनः मोरङ प्रहरीले  नियन्त्रणमा लिएको थियो । उजुरीकर्तासँग मिलापत्रपछि उनी छुटेका थिए । त्यसपछि उनी सक्रिय भएनन् ।

नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी पक्राउ पर्ने डरले  कांग्रेसकाे १५औं महाधिवेशनमा पनि सार्वजनिक रूपमा देखिएनन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका उनीमाथि माेरङ कारागारमा असुली धन्धा चलाएको, निर्माण व्यवसायीकाे सम्पत्ति हडपेकाे आराेप छ । तर, उनी आवरणमा भने सामाजिक गतिविधि गर्थे । आफ्नै नेतृत्वमा खाेलेकाे गिरी फाउन्डेसन मार्फत सामाजिक गतिविधि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?