+
+
Shares

साथीले पेट्रोल छर्केर आगो लगाएका ४९ वर्षीय चौधरीको उपचारका क्रममा मृ*त्यु

दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते ९:३६

२९ कात्तिक, काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

राजपुर गाउँपालिका-२ खालगैरास्थित मटेरियाका ४९ वर्षीय रूपलाल चौधरीमाथि उनकै साथी सोही ठाउँ बस्ने ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।
चौधरीमाथि आगो लगाएपछि त्रिलोकसिंह भने फरार भएका थिए ।

प्रहरीका अनुसार उनीहरू दुवै जना साथी रहेछन् । सँगै बसेर मदिरा सेवन गरेका रहेछन् । मदिरा सेवनपछि एक अर्काबीच भनाभन भएको रहेछ । सो क्रममा आफ्नो बाइकमा हाल्नका लागि बोतलमा भरेर ल्याइएको पेट्रोल त्रिलोकसिंहले चौधरीमाथि खनाएर आगो लगाएपछि फरार भएका रहेछन् ।

फरार भएका त्रिलोकसिंहलाई हिजै दाङको लमही नगरपालिका-५ रातोडाँडाबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?