+
+
Shares

तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ।
  • तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ, जबकि तिहारअघि यो २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।
  • आइतबार चाँदीको भाउ पनि प्रतितोला १ सय रुपैयाँ घटेर ३ हजार ६ सय रुपैयाँमा झरेको छ।

२९ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ ।

तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तिहारअघि अर्थात् गत सोमबार सुनको मूल्य २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो । सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा मूल्य समायोजन गरिएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आज ३ हजार ६ सय रुपैयाँमा झरेको छ । तिहारयता चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । गत सोमबार चाँदीको भाउ ३ हजार ८५५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?