+
+
Shares

दानबहादुर कार्कीको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ।
  • सरकारले १८ कात्तिकमा कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो।
  • त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसी प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए।

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।

२० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो ।

तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो । बुधबार एक न्यायाधीशको इलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा भएका थिए ।

मन्त्रिपरिषदको निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?