News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले ३२ अर्ब ४४ करोड रुपैयाँ विकास खर्च गरेको छ, जुन लक्ष्यको ७.५३ प्रतिशत हो।
- कात्तिकसम्म चालु खर्च ३ खर्ब ४६ अर्ब ७५ करोड पुगेको छ, जुन विनियोजित बजेटको २७.२९ प्रतिशत हो।
- यस अवधिमा कुल बजेट खर्च ४ खर्ब ९६ अर्ब ५२ करोड पुगेको छ, जुन वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चार महिना (साउन–कात्तिक) मा सरकारले साढे ७ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म सरकारले ३२ अर्ब ४४ करोड रुपैयाँ विकास खर्च गरेको छ । जुन लक्ष्यको ७.५३ प्रतिशत बराबर हो । यस वर्ष सरकारले पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब बराबर विनियोजन गरेको छ ।
चालु प्रकृतिको खर्च भने लक्ष्यको ३ खर्ब ४६ अर्ब ७५ करोड बराबर भएको छ । जुन लक्ष्यको २७.२९ प्रतिशत बराबर हो । यस वर्ष चालु बजेट विनियोजन १२ खर्ब ७० अर्ब ५८ करोड गरिएको छ । यस अवधिमा वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब १७ अर्ब ३२ करोड बराबर भएको छ । जुन लक्ष्यको २७.७६ प्रतिशत हो ।
सरकारले वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । कुल बजेट खर्च भने पहिलो चौमासिकमा २३.३७ प्रतिशत बराबर भएको छ ।
यस आव कात्तिकसम्म कुल बजेट खर्च ४ खर्ब ९६ अर्ब ५२ करोड बराबर गरिएको छ । सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।
प्रतिक्रिया 4