+
+
Shares

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ७:४०

२ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ ।

कीर्तिपुर प्रहरी वृत्तका अनुसार मंगलबार बिहान केन्द्रमा चोरी भएको हो ।

प्रहरीका अनुसार केन्द्रबाट एक थान कम्यप्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ ।

चोरीको समयमा सीसीक्यामेरामा कैद भएको भिडियो फुटेज सार्वजनिक गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराएका छन् ।

मंगलबार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको सीसी क्यामेरा फुटेजबाट देख्न सकिन्छ ।

घटनाबारे प्रहरीमा उजुरीसमेत दिइसकिएको पुनले बताएका छन् ।

सीसी क्याेमरा फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?