+
+
Shares

तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सुनको मूल्य तोलामा ६ हजार ३ सय रुपैयाँ घटेर २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
  • तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको छ, भने तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
  • चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँ घटेर ३ हजार ३८० रुपैयाँमा झरेको छ ।

२ मंसिर, काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ ।

यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ ।

तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ११० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३८० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?