News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपालबाट विद्युत् निर्यातका लागि थप ६१५.०२ मेगावाट स्वीकृति दिएको छ।
- भारतीय पक्षले नेपाल विद्युत् प्राधिकरणले पठाएको अनुरोधमाथि क्रमिक रूपमा स्वीकृति दिँदै आज यो अनुमति दिएको हो।
- नेपालले मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट, कटैया–कुसाहा १३२ केभी, रक्सौल–परवानीपुर १३२ केभी र रामनगर–सूरजपुरा १३२ केभी लाइन प्रयोग गर्नेछ।
२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ ।
भारतीय पक्षले आज नेपालबाट भारततर्फ विद्युत् निर्यातका लागि उक्त परिमाणमा स्वीकृति दिएको हो ।
प्राधिकरणले यसअघि पठाएको अनुरोधमाथि क्रमिक रूपमा स्वीकृति आउने क्रममा आज थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको हो । यसअघि नेपालले दुईपक्षीय संयन्त्रमार्फत हरियाना र बिहारमा ६ सय मेगावाट विद्युत् निर्यात गरिरहेको थियो । त्यसको म्याद सकिएका कारण त्यो परिमाणको विद्युत् भारतीय खुलाबजार (आईईएक्स) मार्फत निर्यातको अनुमति दिन नेपालले अनुरोध गरेको थियो ।
नेपालबाट भारतमा विद्युत् निर्यातका लागि मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइन, कटैया–कुसाहा १३२ केभी, रक्सौल–परवानीपुर १३२ केभी र रामनगर–सूरजपुरा १३२ केभी प्रसारण लाइन प्रयोग गरिनेछ ।
भारतको यो स्वीकृतिसँगै नेपालले विद्युत् निर्यातबाट थप आम्दानी गर्न सक्नेछ ।
यसअघि नै भारतले एकपटक ६५४ मेगावाट र अर्कोपटक ३ सय मेगावाट गरी ९५४ मेगावाटको अनुमति दिइसकेको थियो । अब नेपालले १५६९ मेगावाट विद्युत् निर्यातको अनुमति पाएको छ । गतवर्ष भारतमा करिब १२ सय मेगावाट विद्युत् निर्यात भएको थियो ।
नेपालले थप ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको छ । बंगलादेशसँग अरू २० मेगावाट विद्युत् निर्यातको सहमति भए पनि भारतले अनुमति नदिँदा निर्यात हुन सकेको छैन ।
प्रतिक्रिया 4