+
+
Shares

१ वर्षमा बैंकहरूको आधार दर १ प्रतिशत बिन्दुले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोजसम्म बैंक तथा वित्तीय संस्थाको औसत आधार दर १ प्रतिशत विन्दुले घटेर अधिक तरलता र न्यून कर्जाको माग देखिएको छ।
  • राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा वाणिज्य बैंकको औसत आधार दर ४.६९ प्रतिशत, विकास बैंकको ६.६५ प्रतिशत र वित्त कम्पनीको ६.७४ प्रतिशत छ।
  • २०८३ असोज मसान्तमा वाणिज्य बैंकको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर १ प्रतिशत बिन्दुले घटेको छ । अधिक तरलता र न्यून कर्जाको मागका कारण आधार दर घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.६९ प्रतिशत, विकास बैंकहरूको ६.६५ प्रतिशत र वित्त कम्पनीहरूको ६.७४ प्रतिशत रहेको छ ।

२०८२ असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.५६ प्रतिशत, विकास बैंकहरूको ७.९२ प्रतिशत र वित्त कम्पनीहरूको ८.४८ प्रतिशत रहेको थियो ।

२०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत, विकास बैंकहरूका ३.४४ प्रतिशत र वित्त कम्पनीहरूको ३.९७ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत, विकास बैंकहरूको ४.४५ प्रतिशत र वित्त कम्पनीहरूको ५.६२ प्रतिशत रहेको थियो ।

त्यसैगरी, २०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत, विकास बैंकहरूको ७.५९ प्रतिशत र वित्त कम्पनीहरूको ८.३७ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत, विकास बैंकहरूको ८.७७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?