+
+
Shares

वीर अस्पताललाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

हस्तान्तरण गरिएका उपकरणमा फ्लेक्सिबल युरेटेरोस्कोप, नेफ्रोस्कोप, युरेटेरोरेनोस्कोप, टीयूआर रिसेक्टोस्कोप र सिस्टोस्कोपलगायत छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १७:०२

९ मंसिर, काठमाडौं । वीर अस्पतालको युरोलोजी विभागलाई करिब ५० लाख रुपैयाँ बराबरका शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण भएको छ ।

रोटरी क्लब अफ काठमाडौंले अस्पताललाई विभिन्न अत्याधुनिक सर्जिकल उपकरण हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएका उपकरणमा फ्लेक्सिबल युरेटेरोस्कोप, नेफ्रोस्कोप, युरेटेरोरेनोस्कोप, टीयूआर रिसेक्टोस्कोप र सिस्टोस्कोपलगायत छन् ।

कार्यक्रममा रोटरी क्लब अफ काठमाडौंका तर्फबाट अध्यक्ष प्राडा.पुष्पराज शर्मा, आशिष जजोडिया लगायत सहभागी थिए ।

अस्पतालका तर्फबाट निर्देशक डा. विकास नेपाल, निवर्तमान निर्देशक डा. दिलीप शर्मा र युरोलोजी विभाग प्रमुख प्रा.डा. रविनबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।

डा. बस्नेतले रोटरीले मानवीय सेवाका निम्ति उपलब्ध गराएका उपकरणले देशभरका बिरामीलाई सहज रूपमा उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।

अस्पतालका निर्देशक डा‍. विकास नेपाल र निवर्तमान निर्देशक  दिलीप शर्माले सहयोगप्रति आभार व्यक्त गर्दै रोटरी क्लब र वीर अस्पतालबीचको सहकार्य निरन्तर रहनुपर्नेमा जोड दिए ।

डा. पुष्पराज शर्माले नेपालको सबैभन्दा जेठो अस्पतालमार्फत बिरामीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

वीर अस्पतालको युरोलोजी विभागमा दैनिक ३०० देखि ३५० जनासम्म बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।

विभागमा मासिक करिब २५० वटा शल्यक्रिया हुने गरेको छ । दुई वर्ष अगाडि विभागले उत्कृष्ट पुरस्कारसमेत प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?