+
+
Shares

रोल्पामा ३ मोटरेबल पुलको शिलान्यास, ३० करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते ११:३०

१२ मंसिर, रोल्पा । रोल्पामा तीनवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन् । शहीद मार्गअन्तर्गत दुईखोली-चुनबाङ खण्डको पाछाबाङ खोला, माडी गाउँपालिका-४ र ५ जोड्ने तार्केबाङ खोला तथा लुङ्ग्री गाउँपालिका-१ र ५ जोड्ने लालुबाङ–बुज्याङ खोलामा पुल निर्माण हुन लागेको हो ।

तीनवटै पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले मंगलबार, बुधबार र शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा पुनले विकास एकैपटक नहुने भन्दै क्रमिक रूपमा पूर्वाधार निर्माण हुँदै जाने बताए । रोल्पामा विकास नभएको भन्ने भाष्य सही नभएको उनको भनाइ थियो ।

आफूले शिलान्यास गरेका पुल समयमै निर्माण भए–नभएको निगरानी गर्ने जिम्मेवारी नागरिक, जनप्रतिनिधि र राजनीतिक दलको पनि भएको उनले बताए । तीनवटै पुलका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा बजेट सुनिश्चित हुनुका साथै बहुवर्षीय ठेक्का स्वीकृत भएकाले समयमै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पुनले बताए ।

कुन पुललाई कति बजेट?

पाछाबाङ खोला मोटरेबल पुल निर्माणका लागि नेपाल सरकारबाट बहुवर्षीय स्रोत सहमतिअनुसार १० करोड रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, माडी गाउँपालिका–४ र ५ जोड्ने तार्केबाङ खोला पुलका लागि ११ करोड ९७ लाख रुपैयाँ र लुङ्ग्री गाउँपालिका–१ र ५ जोड्ने लालुबाङ–बुज्याङ खोला पुलका लागि आठ करोड पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।

तीनवटै पुल निर्माणका लागि कुल ३० करोड दुई लाख रुपैयाँ बजेट सुनिश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?