+
+
Shares

गगनको निर्देशन- प्रधानमन्त्री कार्यालयको दुरुपयोगबाट भएका काण्डहरू एक–एक गरेर पढ्नू

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १३:०१

१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दुरूपयोग गरेर भएका गलत कार्यहरू एक/एक गरेर पढ्न पार्टीका नेता/कार्यकर्तालाई निर्देश गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण  कार्यक्रममा बोल्दै उनले यस्तो निर्देश गरेका हुन् ।

‘यत्रा काण्डहरू छन् । प्राइममिनिस्टर अफिसको दुरुपयोग गरेर भएका काण्डहरू । यी काण्डहरूका बारेमा तपाईंहरूले एक एक कुरा पढ्नुपर्छ । यसलाई बुझ्नुपर्छ । मनन गर्नुपर्छ’ सभापति थापाले भने ।

तर ती काण्डहरू के–के हुन भनेर उनले केही खुलाएन् ।

सरकारको कामको निगरानी गरिरहेको र खबरदारी गरिरहेको सन्देश जनतामा दिने गरी सरकारका गलत कामहरूको भण्डाफोर गर्न भने आग्रह गरेका छन् ।

आफूहरूसँग मोरल क्यापिटल रहेको उल्लेख गर्दै उनले यसकै आड र शक्तिमा सरकारका गलत कामको भण्डाफोर गर्दै कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको सन्देश प्रवाह गर्न आग्रह गरेका हुन् ।

सभापति थापाले भनेका छन्, ‘हामी जे कुरा पनि फेस गर्न तयार छौं । हामी गलत कुराको भण्डाफोर गर्न तयार छौं । त्यसको लागि हामी लड्न पनि तयार छौं । हाम्रो साथीहरूविरुद्ध भएको अन्यायको विरुद्ध पनि बोल्न तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?