+
+
Shares

देउवा पक्षको महाधिवेशन : २० गतेबाट प्रतिनिधिको दर्ता सुरु, शुल्क ३ हजार रुपैयाँ

महाधिवेशन प्रतिनिधिको नाम दर्ता भने मंसिर २० गतेबाटै सुरु हुने कुइँकेलले जानकारी दिएका छन् । प्रतिनिधिको दर्ता शुल्क जनही ३ हजार तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते २१:०३

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले गरिरहेको १५ औं नियमित महाधिवेशन यही मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुँदैछ ।

महाधिवेशनको उद्घाटन २१ गते बिहान ११ बजे काठमाडौंको खुलामञ्चमा हुने तय भएको छ । सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलले आइतबार सबै महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गरी पठाएको पत्रमा सो कुरा उल्लेख छ ।

यस्तै, महाधिवेशन प्रतिनिधिको नाम दर्ता भने मंसिर २० गतेबाटै सुरु हुने कुइँकेलले जानकारी दिएका छन् । प्रतिनिधिको दर्ता शुल्क जनही ३ हजार तोकिएको छ ।

महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गर्दा दुई प्रति फोटो, दर्ता सहयोग शुल्क, नेपाल सरकारबाट जारी गरिएको परिचय पत्र र निर्वाचन अधिकृतले प्रदान गरेको महाधिवेशन प्रतिनिधिको प्रमाणपत्रसहित आ–आफ्नो क्षेत्रीय सभापतिमार्फत नाम दर्ता गर्नुपर्ने कुइँकेलले जनाएका छन् ।

प्रतिनिधिहरूले आवासको व्यवस्था भने आफै मिलाउनुपर्ने उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?