+
+
Shares

बलिदानी दिन हिँडेर सामन्तवाद फालेका मानिस हौं, जोकर भनेपनि गर्व गर्छौं : वीरबहादुर बलायर

‘देशको सामन्तवादलाई फाल्यौं त्यसैले जोकर भयौं भने भयौं त्यसमा गर्व गर्छौं । किनकि हामी हिजो बलिदानी दिन हिँडेका थियौं, हाम्रा साथीहरूले बलिदानी दिएकामा हामी गर्व गर्छौं । नमुना बन्न तयार छौं’, बलायरले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते २१:४२

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले आफूहरूले ल्याएको परिवर्तन चानचुने ढंगले नआएको बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षमा सक्रिय रहेका बलायरले त्यो परिवर्तनमा आफूहरू बलिदानी दिन हिँडेको बताएका हुन् ।

‘हुँदाहुँदा मेरै पार्टीका मानिसहरू आज जो सानेपामा छन् । सानेपामा भएका मानिसका हामी उपज होइनौं, हाम्रा उपज उनीहरू हुन्,’ देउवा पक्षको कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बलायरले भने, ‘आज उनले जे अभिव्यक्ति दिँदै छन्, नमुना, जोकर भनेर भनेको तपाईँहरू सुनिराख्नुभएको छ ।’

आफूहरू देशको लोकतन्त्रका लागि जोकर र नमुना बन्न तयारै रहेको उनले बताए । ‘हो हामी नमुना बन्न तयार छौं, जोकर बन्न तयार छौं । हामी यसअर्थमा जोकर भयौं कि हामीले एकाधिकारवादी शासनलाई फाल्यौं, हामी जोकर भयौं’, उनले भने ।

देशको सामन्तवादलाई फालेर जोकर भएकामा आफू गर्व गर्ने बलायरले बताए ।

‘देशको सामन्तवादलाई फाल्यौं त्यसैले जोकर भयौं भने भयौं त्यसमा गर्व गर्छौं,’ उनले भने, ‘किनकि हामी हिजो बलिदानी दिन हिँडेका थियौं, हाम्रा साथीहरूले बलिदानी दिएकामा हामी गर्व गर्छौं । नमुना बन्न तयार छौं ।’

अहिले आफूहरू कांग्रेसभित्र मात्रै नभएर परिवर्तनकारी शक्तिका बीचमा नयाँ राजनीतिक संगम तयार गरेर दूरदर्शी रूपमा भूमिका निर्वाह गर्ने बाटोमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?