११ मंसिर, काठमाडौं । रिट्रिटका लागि धुलिखेल जाने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै हेलिकोप्टर प्रयोग गर्ने निर्णय दिएका छन् ।
अरु देशका सरकार प्रमुख र राष्ट्र प्रमुखलाई भने नेपाली सेनाले धुलीखेल लाने ल्याउने व्यवस्था मिलाएको छ ।
भारतीय प्रधानमन्त्री भारतको झारखण्डमा आयोजित कार्यक्रममा सहभागी भएर हेलिकोप्टरमा काठमाडौं आएका हुन् । धुलिखेल जानेक्रममा मोदीले सोही हेलिकोप्टर प्रयोग गरिएको हो ।
नेपालसहित ७ देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई सेनाको हेलिकोप्टरमा लाने भनिए पनि सेनासँग सातवटा हेलिकोप्टर नभएकाले चारवटा हेलिकोप्टरबाट एकैसाथ ओसार्ने व्यवस्था मिलाइएको छ ।
धुलिखेलको रिट्रिटमा सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा विदेशमन्त्रीहरु र विदेश सचिवहरु समेत सहभागी छन् ।