+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कैलाली बस दुर्घटनामा डोटीका १२ जनाको ज्यान गयो

१२ मंसिर, काठमाडौं । कैलालीको सहजपुर गानिस २ मा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । २८ जना घाइते भएका छन् ।

दिपालयबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५४२० नम्बरको महाकाली यातायातको बस दमैडाँडा भन्ने स्थानमा सडकबाट १५० मिटर तल खलेको थियो । केही घाइतेका अनुसार बसको अगाडीको टायर पडि्कएर अनियन्त्रित भएको र भीरबाट खसेको बताएका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १३ गते १८:४५

ghaite1

  • पदमा अस्पतालमा उपचाररत घाइते

१३ मंसिर, काठमाडौं । कैलालीको सहजपुर गाविस २ मा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । २८ जना घाइते भएका छन् ।

दिपालयबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५४२० नम्बरको महाकाली यातायातको बस दमैडाँडा भन्ने स्थानमा सडकबाट १५० मिटर तल खलेको थियो ।

केही घाइतेका अनुसार बसको अगाडीको टायर पडि्कएर अनियन्त्रित भएको र भीरबाट खसेको बताएका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

दुर्घटनामा मृत्यु हुने सबै डोटी जिल्लाका छन् भने दौड गाविसका मात्र ८ जनाको मृत्यु भएको छ ।

दुघर्टनामा परी दौड १ का ४० वर्षीय रिसुवा नगारी, उनकी पत्नी ३० वर्षी तुली नगारी, ३५ वर्षका वीरे लोहार, तिपरी नगारी, उनकी छोरी ७ वर्षकी कलु नगारीको मृत्यु भएको छ । यस्तै दौड ४ का टेकबहादुर बोगटी तथा बडा नम्बर ५ का ५२ वर्षका विष्णा भण्डारी, ३२ वर्षका जमबहादुर भण्डारीको पनि ज्यान गएको छ ।

डोटीकै गोवडु ३ का ३२ वर्षका प्रेम विक, बासुदेवी ७ का ३२ वर्षकी भुजी नेपाली, ७ वर्षका सागर नेपाली र ३० वर्षका ठूले नेपालीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको भारत हलुवारीमा उपचार भइरहेको छ । १३ जनाको अत्तरियास्थित सेवा नर्सिङ होममा र ९ जनाको प्दमा अस्पतालमा उपचार भइरहेको छ ।

घाईतेको अवस्था वुझ्न पदमा अस्पताल पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थ
घाईतेको अवस्था वुझ्न पदमा अस्पताल पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थ

राति साढे १२ बजेतिर बस दुर्घटना भएको हो । दुर्घटना भएको खबर पाएलगत्तै प्रहरी कार्यालय खानीडाँडा र स्थानीयबासी उद्दारमा खटिएका थिए ।

‘दुर्घटना भएको खबर पाएको झण्डै ३५ मिनेटपछि हामी घटनास्थल पुग्यौं, दृष्य एकदमै बिभत्स थियो,’ घटनास्थलमै रहेका प्रहरी निरीक्षक चन्दले अनलाइनखबरसँग भने, ‘घाइतेहरु छटपटाइरहेका थिए, तिनिहरुलाई उद्धार गरेर अस्पताल पठायौं ।’

रातिमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको उनले सुनाए । ‘अँध्यारोमा राम्रोसँग उद्धार गर्न सकिएन, उज्यालोमा अरु मृतक पनि भेटिन्छन् की भनेर खोजीरहेका छौं ।’

ghaite2

ghaite3

ghaite4

तस्वीरः दीपक उपाध्याय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?