Comments Add Comment

एनटीभीले दीपकलाई भन्यो-मोदी नभएको दृष्य ल्याऊ

shivahari-bairagi
काठमाडौं । नेपाल टेलिभिजनले हाँस्य कलाकार दीपकराज गिरीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्य नभएको नयाँ भिडियो ल्याउन आग्रह गरेको छ ।

हाँस्य सिरियल तितोसत्यका लागि यसअघि गिरीले बुझाएको दुई भागमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको भन्दै नेपाल टेलिभजनले प्रसारणमा रोक लगाएको छ ।

आइतबार गिरीसँगको वार्तामा नेपाल टेलिभिजनका पदाधिकारीहरुले ति दुबै भागको सट्टा नयाँ भिडियो ल्याउन गिरीलाई आग्रह गरेका हुन् । गिरीले भने आफूले नयाँ भिडियो नबुझाउने अडान लिएका छन् ।

वार्तापछि तितोसत्यका निर्माता तथा निर्देशक दीपकराज गिरीले अनलाइनखबरसँग भने-‘उहाँहरुले २ भाग प्रसारण नगर्दा तपाइलाई के हुन्छ भन्नुभयो, मैले यो प्रसारण हुर्नैपर्छ भनें ।’

आइतबार नेपाल टेलिभिजनसँग भएको वार्तामा पनि ‘तितो सत्य’को मोदी बिषयको भाग प्रसारण हुने छनक देखिएको छैन ।

‘एनटीभीले मोदीको नक्कल गरिएको दुबै भागको सट्टा नयाँ भिडियो ल्याउन भनेको छ, यसपछि के गर्ने मैले पनि सोच्नुपर्छ’, दीपकले भने ।

नेपाल टेलिभिजनले रोकेको मोदी विषयको यो सिरियल सूचना तथा संचार मन्त्री मिनेन्द्र  रिजालले पनि हेर्ने बताइएको छ ।

को हुन् मोदी बन्ने पात्र ?

‘तितो सत्य’मा मोदी बन्ने पात्र कलाकार शिवहरी वैरागी ‘समानुपातिक’ हुन् । अर्को हाँस्य सिरियल ‘जीरे खुर्सानी’मा समानुपातिक सभासद भएर अभिनय गरिरहेका वैरागीले मोदीलाई ब्यङ्ग्य गरिएका कुनै पनि बिषय ‘तितो सत्य’मा समावेश नभएको भन्दै रोकिनुको कारण नभएको बताए ।

‘गाउँमा कमिशनका कारण सडक नबनेपछि मोदी आउने हल्ला चलाएर विकास सुरु गरिन्छ । ३ दलका नेताहरुले बाटो बनाउन नदिएपछि दीपकले मोदी आउँदैछन्, १ करोड दिन्छन् भन्दै सडक खन्ने कुरा गर्छन् । १ करोड पाउने आशमा दलका नेता पनि सडक खन्न तयार हुन्छन् ।’ सोही क्रममा नक्कली मोदीलाई गाउँमा लैजाने दृश्य ‘तितो सत्य’मा खिचिएको थियो ।

यही बिषयलाई नेपाल टेलिभिजनले रोकेको हो । शिवहरी यसअघि पनि गाईजात्रामा नरेन्द्र मोदी बनेका थिए । उनको यो भूमिकालाई दर्शकले अत्याधिक रुचाएका थिए ।jitu-and-shivahari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment