Comments Add Comment

निषेधाज्ञाका कारण समस्यामा रियालिटी शो

निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ निषेधाज्ञाको समयमा पनि शनिबारसम्म निरन्तर प्रशारण भयो । ब्याटल राउण्डका भागहरु निषेधाज्ञाअघि छायांकन भएकाले निषेधाज्ञाको तीन सातासम्म शो प्रशारणमा समस्या भएन ।

शोको ब्याटल राउण्ड शनिबारबाट सकिएको छ । शो अब नकआउट राउण्डमा प्रवेश गर्नेछ । तर, निषेधाज्ञाका कारण नकआउट राउण्डका भागहरु छायांकनमा समस्या भएको छ ।

सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै दर्शकविना नकआउट राउण्डका केही भाग छायांकन भएपनि पुरा भने भएको छैन । यो साता पनि नयाँ एपिसोड ल्याउने कोसिस भइरहेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

अर्को चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चित कालका लागि स्थगित भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सिजन २ को नयाँ भागहरु छायांकन गर्न नसकिएपछि प्रशारण स्थगित गरिएको हो ।

‘कमेडी च्याम्पियन सिजन २’ कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार साँझ ९ः१० बजेबाट प्रशारण हुँदै आएको थियो । अघिल्लो शनिबारसम्म यो रियालिटी शो प्रशारण भएको थियो । ‘कमेडी च्याम्पियन सिजन–२’ १६ भाग प्रशारण भइसकेको छ ।

‘दोहोरी टेलिभिजन रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’ निषेधाज्ञामा पनि प्रशारण भईरहेको छ । शो नेपाल टेलिभिजनमा हरेक शनिबार बेलुका ८ः५० बजे प्रशारण हुँदै आएको छ । हिजो शनिबारसम्म शोको १० भाग प्रशारण भईसकेको छ ।

‘दोहोरी च्याम्पियन’का कार्यक्रम संचालक गायक बद्री पंगेनी आगामी शनिबारसम्मको भाग तयार रहेको बताउँछन् । ‘आगामी शनिबारसम्म नयाँ भाग प्रशारण हुन्छ’ उनले भने, ‘त्यसपछि के गर्ने सल्लाह हुँदैछं ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment