Comments Add Comment

राजनीतिमा ‘ग्रिन सिग्नल’ देखिँदा ३९ अंकले बढ्यो नेप्से

 nepse-index-mangsir-28२८ मंसिर काठमडौं । पछिल्लो राजनीतिक घटनाक्रममा ‘ग्रिन सिग्नल’ देखिएपछि त्यसको प्रभाव पुँजी बजारमा परेको छ । आगामी माघ ८ मा संविधान जारी गर्न राजनीतिकदलहरु सकरात्मक देखिएपछि पुँजी बजारका लगानीकर्ताहरु उत्साहित भएको सेयर विश्लेषक रविन्द्र भट्टराईले अनलाईनखबरलाई बताए ।

‘अहिलेको नेप्सेको वृद्धिमा राजनीतिक कारण नै मुख्य देखिन्छ’ भट्टराईले भने -पछिल्ला केही दिनमा दलहरुले संविधान निर्माणमा ‘गि्रन सिग्नल’ देखाएका छन ।  संविधान निर्माण भएपछि पुँजी बजार बढ्ने आसामा नेप्से बढेको हो ।

साताको पहिलो दिन आइतबार ३९.३८ अंकले बढेर नेप्से परिसूचक ९ सय १०.०१ अंकमा पुगेको छ । बिहीबार पनि एकैदिन नेप्से १५ अंकले बढेको थियो ।

पछिल्ला केही महिनामा घटबढघटबढ भएपनि नेप्से बियरिस ट्रेन्डमा थियो । सूचीकृत कम्पनीहरुकोा सन्तोषजनक वित्तीय विवरण र प्रतिफलको घोषणा हुँदा पनि लगानीकर्ताहरु खासै उत्साहित थिएनन ।

आइतबार वाणिज्य बैंक समूहको सूचक ४३.५ अंकले बढेर ८ सय ९.६५ अंकमा पुगेको छ । यो दिन यस समूहको मात्रै १६ करोड ४२ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी होटल समूहको सूचक १४२ अंकले, विकास बैंक समूहको १८.७३ अंकले, जलविद्युतको १४४.०३ अंकले, वित्त कम्पनीको ४.९३ अंकले, बीमाको ११५.८४ अंकले, उत्पादनमूलकको ९.०८ अंकले र अन्य समूहको सूचक १४.१ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

एक्सचेञ्जका अनुसार आइतबार १ सय २४ कम्पनीका १० लाख ७१ हृजार कित्ता सेयर २८ करोड २९ लाख रुपैयाँमा किनबेच भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment