+
+

सहरका महिला, बालबालिका र गरिबले निःशुल्क स्वास्थ्य सेवा पाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १७ गते ७:३०

१७ पुस, काठमाडौ । सरकारले पछिल्लो समय चुनौती बन्दै गएको सहरी स्वास्थ्य समस्या न्यूनीकरण गर्न सहरी स्वास्थ्य नीति तयार पारेको छ । स्वास्थ्य सेवा विभाग, प्राथमिक स्वास्थ्य तथा पुर्नजार्गरण महाशाखाले वर्षदिनको गृहकार्यपछि तयार पारेको नीति थप सुझावका लागि सोमवार अर्थ मन्त्रालय पठाएको, अन्नपूर्ण पोष्टमा खबर छ ।

Doctor‘अर्थ मन्त्रालयले हेरेफेर गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाए लगत्तै नीति मन्त्रीपरिषदमा लगिनेछ’, महाशाखाका निर्देशक डा. रमेश खरेलले भने, ‘नीति जस्ताको त्यस्तै पास भएमा सहरी स्वास्थ्य समस्या समाधानका लागि उपयुक्त ऐन बनाउन र कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ ।’

नेपालको कुल जनसंख्या मध्ये १७ प्रतिशत सहरवासी भए पनि सरकारी स्वास्थ्य केन्द्रमा उनीहरुको पहुँच कम भएको निष्कर्ष निकाल्दै सरकारले सहरी स्वास्थ्य नीति तयार पारेको हो । नीतिमा पहिलोपटक महिला, बालबालिका, गरिब, सीमान्तकृत लगायतलाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क दिने प्रस्ताव गरिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले भेन, ‘प्रस्तावित नीति पारित भई कार्यान्वयन भएपछि सहरका गरिब बिरामीलाई आधारभूत मात्र होइन, त्यहाँबाट ठूलो अस्पताल रिफर गरी सम्पूर्ण उपचार निःशुल्क गर्ने ब्यवस्था मिलाइनेछ ।

प्रस्तावमा एक सय ५८ नगरपालिकामा सञ्चालित सहरी स्वास्थ्य क्लिनिकको स्तरवृछि र विस्तार गर्ने, नयाँ रोग ब्यवस्थापनका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?