+
+

अमेरिकी विकास नियोग ऊर्जा विकासमा सघाउन तत्पर

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते १४:२१

२३ पुस, काठमाडौं । अमेरिकी विकास नियोग (युएसएआईडी)ले नेपालमा ऊर्जा विकासको लागि सहयोग गर्न अमेरिकी सरकार तयार रहेको बताएको छ ।

USAID COUNTRY DIRECTOR MEETS WITH RADHA GEWALI

युएसएआईडीका मिसन डाइरेक्टर वेथ डनफोर्ड नेतृत्वको टोलीले ऊर्जामन्त्री राधा ज्ञवालीलाई भेटेर नेपालमा ऊर्जा विकासको लागि वित्तिय तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताएको हो ।

नेपाल विद्युत प्राधिकरणको खण्डीकरण, विद्युत ऐन, नियमन, आयोग लगायतका विषयहरुमा आवश्यक सहयोग गर्न इच्छुक रहेको मिसनले जनाएको छ ।

भेटमा ऊर्जा मन्त्री ज्ञवालीले ऊर्जाको क्षेत्रमा अमेरिकी सरकारको सहयोग आवश्यक रहेको बताइन् । उनले नेपालमा प्रशारण लाइन विस्तारमा मुख्य समस्या भएकाले यसमा सहयोग गर्न अनुरोध गरेकी थिइन् ।

सो अवसरमा मन्त्री ज्ञवालीले नेपालमा हाल भईरहेका विद्युत व्यापार सम्झौता, पञ्चेश्वर आयोजनालगायतका विषयमा पनि युएसएआईडीको टोलीलाई जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?