१६ फागुन काठमाडौं । यो साता नेपाली बजारमा अमेरिकी डलरको मुल्य घटेको छ । साताभरमा डलरको भाउ प्रतिडलर ७५ पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले अन्तराष्ट्रिय बजारमा भएको उतारचढावलाई आधार मानेर खुल्ला बजार विनिमयदर तोक्ने गर्छ । राष्ट्र बैंकले तोकेको मुल्यकै आसपासमा बैंकहरुले मुल्य निर्धारण गरि कारोबार गर्नुपर्ने हुन्छ ।
आइतबार र सोमबार डलरको मुल्यमा कुनै हेरफेर भएन भने मंगलबार १६ पैसाले बढेर सय रुपैयाँ २ पैसा पुगेको थियो । तर, बुधबार, बिहीबार र शुक्रबार लगातार घट्यो । बुधबार २० पैसाले, बिहीबार ३७ पैसाले र ३४ पैसाले गरी तीन दिनमा ९१ पैसाले घट्यो ।
नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको भाउ बढ्दा नै नेपाललाई फाइदा हुने विज्ञहरुले
बताउँदै आएका छन ।
यो साताको एक अमेरिकी डलरको मुल्य
बार | खरिद मुल्य | बिक्री मुल्य |
---|---|---|
आइतबार | ९९ रुपैयाँ २६ पैसा | ९९रुपैयाँ ८६ पैसा |
सोमबार | ९९ रुपैयाँ २६ पैसा | ९९ रुपैयाँ ८६ पैसा |
मंगलबार | ९९रुपैयाँ ४२ | १०० रुपैयाँ ०२ पैसा |
बुधबार | ९९ रुपैयाँ २२ | ९९ रुपैयाँ ८२ पैसा |
बिहीबार | ९८ रुपैयाँ ८५ पैसा | ९९ रुपैयाँ ४५ पैसा |
शुक्रबार | ९८ रुपैयाँ ५१ पैसा | ९९ रुपैयाँ ११ पैसा |
स्रोतः नेपाल राष्ट्र बैंक