+
+

सचिवसहित सरकारी कर्मचारी भग्नावशेष पन्छाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २६ गते १:१८

२६ वैशाख, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त बनेका काठमाडौंका भग्नावशेष पन्छाउन मुख्य सचिव, सचिव तथा सरकारी कर्मचारीहरु परिचालन भएका छन् ।

शनिबार बिहान सात बजेदेखि १० बजेसम्म विभिन्न स्थानका भग्नावशेषको सफाइ अभियान सञ्चालन भएको छ ।
भग्नावशेष हटाउने कार्यको नेतृत्व गर्दै मुख्यसचिव लीलामणि पौडेल भक्तपुर दरवारस्वायर परिसर पुगेका छन् ।
त्यस्तै सचिवहरुको नेतृत्वमा १७ स्थानको भग्नावशेष सरसफाइ गरिएको छ ।

भक्तपुर दरवारस्कवायर क्षेत्र, भक्तपुर च्याम्हासिंह क्षेत्र, व्यासी क्षेत्र, महाकाली स्थान, सुर्यविनायक हुँदै दरबार स्क्वायर क्षेत्र, काठमाडौंको साँखु क्षेत्र, ललितपुरको खोकना क्षेत्र, बुङमती क्षेत्र, धर्मस्थली लगायतका १७ क्षेत्रमा सफाइ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?