+
+

सेयर बजारमा सार्वजनिक संस्थानको हिस्सा १८ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते ९:३०

१४ जेठ, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीमध्ये सार्वजनिक संस्थानको हिस्सा १८ प्रतिशत रहेको छ । बजारमा सूचीकृत ७ सार्वजनिक संस्थानको नियमित कारोबार हुने गरेको छ । नेपाल टेलिकम, कृषि विकास बैंक, राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल बैंक र विशाल बजार कम्पनी बजारमा सूचीकृत कम्पनी हुन् ।

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाअनुसार गत असार मसान्तमा कुल पूँजीकरणमा यी ७ कम्पनीको अंश १८.३२ प्रतिशत छ । यी ७ संस्थानको कुल पूँजीकरण रकम ५ खर्ब ६४ अर्ब ६७ करोड रुपैयाँ बराबर छ । असार मसान्तसम्म बजारको कुल पूँजीकरण ३० खर्ब ८२ अर्ब ५१ करोड रुपैयाँ बराबर रहेको आधारमा सार्वजनिक संस्थानको हिस्सा १८.३२ प्रतिशत देखिएको हो ।

सूचीकृत सबै धितोपत्रको कुल मूल्य नै बजार पूँजीकरण हो । नेपाल टेलिकम बजारमा सूचीकृत सबै कम्पनीमध्ये पूँजीकरणका आधारमा सबैभन्दा शक्तिशाली छ । हाल बजारको कुल पुँजीकरणमा यस कम्पनीको हिस्सा ४.५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?