+
+

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १०:५७

१४ जेठ, गुल्मी । गुल्मीमा ढुंगासहितको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–६, बर्लवास्थित करिडोर सडकमा पहिरो ढुंगा खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए ।

सोमबार बिहान अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पहिरो ठूलो भएकोले सवारी साधन सुचारु हुन २/३ दिन लाग्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

अवरुद्ध सडक खुलाउन भुर्तुङ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खाम्चाको कमाण्डमा टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?