विनाशकारी भूकम्पले मुलुकमा भौतिक र मानविय क्षती भएपछि पूननिर्माणमा जुट्न आग्रह गर्दै गीत संगीत तयार पार्ने क्रम बढेको छ ।
यही मेसोमा अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका नेपाली कलाकारले एउटा भिडियो तयार पारेका छन् । ‘सेभ नेपाल’ बोलको गीतमा टंक बुढाथोकी र अनु ढकालको स्वर छ । भिडियोमा टंककै शब्द तथा संगीत छ । भिडियोमा मेलबर्नमा बस्दै आएका नेपाली कलाकारले अभिनय गरेका छन् ।
विपत्तिको वेला दुखी बनेर मात्रै हुँदैन भन्ने सन्देश रहेको उक्त भिडियोमा आफ्नो देश आफैं बनाउन जुट्नुपर्ने कुरा गरिएको छ । यसको सम्पूर्ण छायाङ्कन मेलवर्नमै गरिएको छ । भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् ।