+
+

प्रधानमन्त्री राहत कोषमा ज्योती ग्रुपको १ करोड सहयोग

१७ जेठ, काठमाडौं । ज्योती ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपका अध्यक्ष पद्म ज्योतीले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १७ गते १८:५०

Jyoti-Group

  • प्रधानमन्त्रीलाई राहत रकम हस्तान्तरण गर्दै ज्योती ग्रुपका अध्यक्ष पद्म ज्योती लगायत

१७ जेठ, काठमाडौं । ज्योती ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपका अध्यक्ष पद्म ज्योतीले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो समूह अन्तरगतको स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट ६० लाख र नेपाल जनरल मार्केटिङ्गबाट ४० लाख रकम प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भूकम्प पीडितलाई सेतो गुम्बाको २५ लाख

भूकम्प पीडितहरुको सहयोगको लागि पूँजी बजारमा कार्यरत धितोपत्र व्यवसायी संघले ३८ लाख ८८ हजार २ सय ५० रुपैयाँ, सेतो गुम्बाले २५ लाख रुपैयाँ, शिक्षा क्षेत्रमा कार्यरत ट्रिनीटी ग्रुपले १० लाख ४० हजार ११ रुपैयाँ, नेपाल बैंक लिमिटेडले १५ लाख रुपैयाँ, जापानको नायोगा शहरमा विभिन्न पेशामा संलग्न रहेका नेपालीहरुले १० लाख रुपैयाँ र मेगा कलेजले ५ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी जापानमा रहेका नेपालीहरुको संस्था मदरल्याण्ड नेपालको तर्फबाट २ लाख रुपैयाँ र रिलायन्स लोटस फाइनान्स लिमिटेडले २ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेको छ ।

यस्तै प्रणय राईले व्यक्तिगत रुपमा ८ लाख १९ हजार १ सय ८५ रुपैयाँ, मोहनराज भट्टले ७ लाख, कीर्ति ओझा भट्टले ३ लाख १० हजार र फोरम फर ओमन ल एण्ड डेभलपमेन्टले १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

यस्तै देवकरण कलवारले १ लाख ६ हजार ९ सय ३१ रुपैयाँ र क्लब फिफ्टीले ५१ हजार १ सय ११ रुपैयाँ भूकम्प पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत खर्च हुने गरी सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?