+
+

एम्नेस्टीले मुख खोल्यो : सीके राउतले बोल्न र संगठन गर्न पाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १ गते १९:५५

१ असार, काठमाडौं । बेलायतमा अवस्थित एम्नेस्टी इन्टरनेशनलको प्रेस अफिसले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिके राउतले बोल्न र संगठन गर्न पाउनुपर्ने जिकिर गरेको छ ।

Amnesty Internationalराष्ट्र विखण्डन एवं साम्प्रदायीक घृणाको अभिव्यक्ति फैलाइरहेकाे अाराेप लागेका राउतलाई एम्नेस्टीले समर्थन गरेको विरोधमा नेपाल शाखाका ९ पदाधिकारीले राजिनामा दिएपछि एम्नेस्टीले वक्तव्य जारी गरेको हो । एम्नेस्टीले सीके राउतका सम्बन्धमा संस्थाले लिएको नीति सही रहेको सन्देश दिन खोजेको छ ।

एम्नेस्टीले वक्तव्यमा भनेको छ-‘सिके राउत र उनका समर्थकहरुको सम्बन्धमा एम्नेस्टी इन्टरनेसनलले नेपाल सरकारसँग अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने स्वतन्त्रता र स्वेच्छाचारी गिरफ्तारी एवं थुना हुन नहुने आहृवान गरेको हो ।’

सिके राउतले देश टुक्राउने एवं महिलाविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिइरहेका बेला एम्नेस्टी जारी गरेको पछिल्लो वक्तव्यमा भनिएको छ- ‘एउटा स्वतन्त्र र निष्पक्ष संस्थाका नाताले एम्नेस्टी इन्टरनेसनलको चासोको विषय भनेको जुनसुकै राजनीतिक झुकावको व्यक्ति किन नहोस् उसको पनि मानवअधिकार संरक्षित हुनु पर्दछ भन्ने मात्र हो ।’

तर, यसैका आधारमा सिके राउतको राजनीतिक विचारलाई एमनेस्टीले समर्थन गरेको अर्थमा नबुझिदिन एम्नेस्टीले आग्रह गरेको छ ।

नेपाल शाखाका ९ पदाधिकारीले एम्नेस्टी परित्याग गरेकोमा प्रेस वक्तव्यमा दु:ख व्यक्त गर्दै उनीहरुप्रति शुभेच्छा प्रकट गरिएको छ ।

यसैबीच एम्नेस्टि नेपालका सल्लाहकार एवम् पत्रकार विष्णु निष्ठुरीले पनि एम्नेस्टि छाडेको घोषणा गरेका छन् । निष्ठुरीले ट्वीट गरेका छन्, ‘एम्नेस्टिको सल्लाहकार पदमा बसिरहन उचित ठानिन, कारणको चुरो कुरो कृष्ण पहाडी जीको वक्तव्यले प्रष्ट्याउँछ ।’

हेर्नुस् एम्नेस्टि इन्टरनेसनलले निकालेको विज्ञप्ति

Amnesty-International

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?