Comments Add Comment

रातुको डाभर्सन बग्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

४ असार, महोत्तरी । लगातारको वर्षापछि महोत्तरीको रातु खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि पूर्व पश्चिम रामजार्ग केहीबेर अवरुद्ध भएको छ । धनुषा र महोत्तरीको सिमा नदी रातु खोलामा निर्मित डाइभर्सन मध्यरातिनै बगाएपछि विहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

राजमार्ग अवरुद्ध भएपछि काठमाडौंतिरबाट गएका गाडीहरु बर्दिबासमा रोकिएका थिए भने पूर्वबाट आएका गाडी धनुषाको लालगढ क्षेत्रमा रोकिएका थिए ।  राजमार्ग रातिदेखिनै अवरुद्ध हुँदा हजारौं यात्रु अलप परेपछि नदीमा बन्दै गरेको पुलको प्राविधक जाँच नै नगरी सवारी गुडान पास दिइपछि यातायात सूचारू भएको प्रहरीले जनाएको छ ।

रातु नदीको पक्की पुल गत वर्षको बाढीमा भासिएपछि त्यहाँ अस्थायी डाइभर्सन बनाएर गाडी गुडाउने गरिएको थियो ।

 रातु नदीमा पुल बगाएपछि विहान काठमाडौंबाट वीपी राजमार्ग हुँदै गएका गाडीहरु उदयपूरको घुर्मीबाट कटारी हुँदै पूर्वतर्फ पनि गएका छन्र ।

सिन्धुलीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पनि अबरुद्ध

यसैबीच मध्य पहाडी लोकिमार्ग पनि अवरुद्ध भएपछि घुर्मी कटारी जाने सवारी साधन पनि रोकिएका छन् । वर्षातको कारण सिन्धुलीको रत्नावतीस्थित मध्य पहाडी लोकमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्राबिधिक परीक्षण नभएको पुलबाट गाडी गुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment