१९ असार, काठमाडौं । एसेज टेष्ट सुरुहुनुभन्दा एक साता अघि अष्ट्रेलियाको पेश बलर रायन हृयारिसले सन्यासको घोषणा गरेका छन् । यसले अष्ट्रेलियालई झट्का लागेको छ ।
बुधबार एसेक्सबिरुद्धको अभ्यास खेलमा उनलाई पहिलो टिममा स्थान दिइएको थियो तर, घाइते भएपछि उनले अभ्यास खेल मात्र गुमाएनन्, पहिलो टेष्ट टोलीमा समेत परेनन् ।
लगतै ३५ वर्षे बलर हृयारिसले सबै फ्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले गत जुलाइमा भारतबिरुद्ध उनले अन्तिम पटक टेस्ट खेलेका थिए ।
सन् २०१३ को एसेज टेस्टमा उनले सर्वाधिक २४ विकेट लिएका थिए । उनले एसेजमा ४६ विकेट लिइसकेका थिए ।
उनले भने-म धेरै भाग्यमानी रहेछु । मैले २७ टेस्ट खेले, जुन मैले सोचेभन्दा धेरै हो र मैले प्रत्येक क्षण इन्जोइ गरेँ ।’
हृयारिस एकदिवसीय क्रिकेटमा ४४ विकेट लिएका छन् । उनलाई स्वीइङ बलका लागि अब्बल मानिन्थ्यो ।