१९ असार, काठमाडौं । स्ट्राइकर लुकास पोडोलोस्की टर्किस च्याम्पियन गालाटासरे गएका छन् । ३० वर्षका जर्मन स्ट्राइकर गत सिजन आर्सनलबाट लोनमा इन्टर मिलान गएका थिए ।
अब उनी गालाटासरे जाने भएका छन् र शनिबार मेडिकल चेकअप हुनेछ ।
सन् २०१२ मा जर्मन क्लबबाट आर्सनल गएका उनले ८२ खेलमा ३१ गोल गरेका छन् । उनले सन् २०१३ मा आर्सनललाई एफए कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।