+
+
Shares

सिद्धार्थ गौतमले छाडेपछि यशोधराको भोगाई नाटकमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ३१ गते ११:१४

bimbako-sapana
काठमाडौंको सुनधारास्थित काठमाण्डौ मल नाटकघर थिएटर मलमा असार ११ देखि मञ्चन भइरहेको नाटक ‘बिम्बाका सपना’को मञ्चन मिति लम्ब्याएर साउन ३ गते आइतबार सम्म पुर्‍याइएको छ । असार २९ गतेसम्मको लागि तय भएको मञ्चन मिति साउन ३ सम्म लम्बिएको हो ।

यससँगै थप गरिएको चार दिनमा हरेक दिन नाटक दुई शो मञ्चन हुने छ । अब नाटक ‘बिम्बाका सपना’ साउन ३ सम्म हरेक दिन दिउँसो २ बजे र साँझ ५ः१५ बजे मञ्चन मञ्चन हुनेछ । नाटक हेर्न दर्शकको उत्साहजनक सहभागीता भएपछि मिति थपिएको हो ।

थिएटर आकार र थिएटर मलको संयुक्त प्रस्तुति रहेको यो नाटकलाई अभि सुवेदीले लेखेका हुन् । घनश्याम श्रेष्ठकोे परिकल्पना तथा निर्देशन रहेको नाटक हेर्न दर्शकको उल्लेख्य उपस्थिती छ । नाटकमा सुष्मा कोइरालाको एकल अभिनय देख्न सकिन्छ । सुमन कोइराला, रविना श्रेष्ठ, विवेक गोपाली, विशाल डोटेल, प्रज्वला डंगोल, अञ्जनी भरतवाल, शंकर भण्डारीले छायाँ दृश्य मा सुष्मालाई साथ दिएका छन् ।

यशोधरा र छोरा राहुललाई सिद्धार्थ गौतमले छोडेर मध्यरातमा गएपछि बिम्बाले एउटा पत्नी भएर बसेको अलिखित, कसैले चर्चा नगरेको समयको कथालाई यो नाटकमा  देखाइएको छ । पतिविना नाबालक शिशुलाई अनेकन प्रश्नहरुको सामना गर्दै दरबारभित्र एकल महिलाले भोगेको कथा यसमा उठान गरिएको छ । नारी संवेदनालाई प्रमुख विषय बनाएर सिद्धार्थ गौतमलाई पनि अर्को कोणबाट यो नाटकमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?