+
+

जाजरकोटमा ४ करोड बढी विकास बजेट फ्रिज

३ साउन, खलंगा । सरोकारवाला निकायले समयमा काम सम्पन्न गर्न नसक्दा जाजरकोटको चार करोड विकास बजेट फ्रिज भएको छ । मन्त्रालय तथा विभागबाट ढिलो अख्तियारी आउनु, योजनाको सम्झौता ढिलो हुनु र सम्झौता अनुसार समयमै काम नगर्नुले बर्षेनी जिल्लाको विकास बजेट फ्रिज हुने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३ गते १७:०४

बी.बी. गिरी
३ साउन, खलंगा । सरोकारवाला निकायले समयमा काम सम्पन्न गर्न नसक्दा जाजरकोटको चार करोड विकास बजेट फ्रिज भएको छ । मन्त्रालय तथा विभागबाट ढिलो अख्तियारी आउनु, योजनाको सम्झौता ढिलो हुनु र सम्झौता अनुसार समयमै काम नगर्नुले बर्षेनी जिल्लाको विकास बजेट फ्रिज हुने गरेको छ ।

JI-BI-SA-JAJARKOT

अघिल्लो आर्थिक बर्षमा पनि जिल्ला विकास समितिको ५ करोड रकम फ्रिज भएको थियो ।

आर्थिक बर्ष ०७१/७२ मा ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिल्प)को सडक निर्माण शीर्षकको २ करोड ११ लाख २४ हजार तथा जिल्ला विकास समितिको एक करोड ७६ लाख ८४ हजार रकम फ्रिज भएको छ ।

त्यस्तै खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयको ८० लाख बजेट फिर्ता भएको छ । ड्रिल्पको तीन वटा सडक निर्माण तथा दुइ वटा सडकको स्तर उन्नतिका लागि गत आर्थिक बर्षमा छुट्याइएको ७ करोड ६६ लाख बजेटमध्ये दुई करोड एघार लाख रकम फिर्ता भएको छ ।

त्यस्तै जिल्ला विकास समिति अन्तरगत पर्यटन पूर्वाधार, झोलुंगे पुल, स्थानीय यातायात पूर्वाधार, ग्रामीण खानेपानी, निर्वाचन क्षेत्र विकास कार्यक्रम, आर्थिक केन्द्र जोड्ने सडक तथा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम लगाएतका महत्वपूर्ण योजनाहरुको एक करोड ७६ लाख बढी रकमसमेत फ्रिज भएको जिल्ला विकास समिति जाजरकोटका योजना अनुगमन तथा प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले बताए ।

उनले उपभोक्ता समितिहरुले समयमै काम गर्न नसक्दा रकम फ्रिज भएको दाबी गरेका छन् । राजैतिक दलका नेता र कार्यकर्ताहरु उपभोक्ता समितिमा बसेपनि कामै नगर्ने चलनले गर्दा रकम फ्रिज भएको बताइन्छ ।

आर्थिक बर्ष सकिनलाग्दा ठूला योजनाहरुको सम्झौता र बोलपत्र आह्वान गर्ने परम्पराले विकास बजेट खर्च गर्न समस्या हुने गरेको नागरिक सामाज समन्वय समितिका संयोजक राजेन्द्रविक्रम शाहको भनाइ छ । ‘आर्थिक वर्षको सुरुमा ठूलो मात्रामा बजेटको आकार देखिएपनि वर्ष सकिदा भने उपलव्धी शून्य जस्तै हुने गरेको छ,’ संयोजक शाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?