Comments Add Comment

सहकार्य गरी अगाडि बढ्ने महासंघ र परिसंघको प्रतिवद्धता

CNI

६ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवर्निर्वाचित अध्यक्ष पशुपति मुरारका र बरिष्ठ उपाध्यक्ष भवानी राणालाई नेपाल उद्योग परिसंघले दिएको छ ।

परिसंघले बुधबार थापाथलीस्थित सचिवालयमा भेटघाट कार्यक्रम आयोजना गरि बधाई दिएको हो । यसअघि दुबै संस्थाबीच पानी बाराबरको अवस्था थियो ।

भेटघाटमा निजी क्षेत्रको हितका लागि दुबै संस्था एक आपसमा मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । यो भेटघाटसँगै महासंघ र परिसंघबीच प्रतिद्धन्द्धिता हटेर नयाँ र असल सम्बन्ध सुरुवात भएको दुबै संस्थाका अध्यक्षले बताएका छन् ।

महासंघ र परिसंघबीच कुनै प्रतिद्वन्दीता छैन : पशुपति मुरारका

महासंघका अध्यक्ष मुरारकाले मुलुकको समुन्नत आर्थिक विकास र निजी क्षेत्रको वृहत हितका लागि दुबै संस्था आपसमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘ महासंघ र परिसंघबीच कुनै प्रतिद्वन्दीता छैन, विचारधारा पनि फरक छैन । यी दुवै संस्थाबीचको सोँचमा पनि फरक छैन’ महासंघ अध्यक्ष मुरारकाले भने- ‘दुबै संस्थाको अर्थतन्त्रको बाटो र गन्तब्य एउटै भएकोले दुवै संस्था वीच क्रमिक रुपमा सहकार्य गरि अघि बढ्नुपर्छ ।’

परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले परिसंघको उद्देश्य र गन्तब्य पनि देशको समुच्च आर्थिक विकासको साथै निजी क्षेत्रको विकासमा केन्द्रित भएकोले महासंघसँग निश्चित मोडालिटीको आधारमा सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गरे ।

यो भेटघाट परिसंघ र महासंघबीच नयाँ र असल सम्बन्धको शुरुवात : नरेन्द्र कुमार बस्न्यात

अध्यक्ष बस्न्यातले दुबै संस्थाहरुबीच न्युनतम सहमती कायम गरि साझा उद्देश्य हासिल गर्न दुवै संस्थाका तर्फबाट पहल गर्नुपर्नेमा जोड दिए । ‘यो बधाई एवं स्वागत कार्यक्रम महासंघ र परिसंघबीच नयाँ र असल सम्बन्धको शुरुवात हो’ उनले भने- ‘यसले दुबै संस्थाबीच सह-अस्तित्व र सहकार्यलाई अघि बढाएको र यसबाट निजी क्षेत्रमा मात्र नभई सरकारमा समेत राम्रो संन्देश प्रवाह हुने छ ।’

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले सबैभन्दा पहिला निजी क्षेत्रबीच नै ऐक्यबद्धता प्रदर्शन गर्नुपर्ने भएकोले महासंघ र परिसंघबीचको सहकार्यको प्रकृया तयार गरेर अघि बढ्नुपर्ने बताइन । यसका लागि महासंघबाट आवश्यक पहल हुने उनको भनाई थियो ।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, गभर्निङ काउन्सीलका सदस्यहरुले समेत परिसंघ र महासंघबीच सहकार्य र कार्यगत एकता गरि निजी क्षेत्रबीच एैक्यवद्धता देखाउनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment