Comments Add Comment

एमाले नेता नेपाल र अमेरिकी राजदूत बोडीबीच भेटवार्ता

१८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लु बोडीबीच सोमबार भेटवार्ता भएको छ ।

Madhab-Nepal-and-Piter-w-Bo

विहान नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, संविधान जारी हुने समय, भूकम्प पछिको पुनर्निर्माण र नेपालले आगामी दिनमा लिने बाटोको विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री नेपालले जनताबाट प्राप्त सुझावहरुलाई अधिकतम समेट्ने र अधिकतम दलहरुको सहमतिमा संविधान जारी गर्ने प्रयत्न भैरहेको जानकारी गराए । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उनले भूकम्प पछिको पुनर्निर्माणलाई प्रभावकारी एवम् छिटो अगाडि बढाउन आफूले प्रयत्न गरिरहेको उल्लेख गरेका थिए ।

स्थानीय निकायको निर्वाचन नुहँदा उद्धार, राहत तथा पुनर्निर्माण लगायतका काममा बाधा उत्पन्न भएको भन्दै नेपालले उक्त निर्वाचनलाई सम्पन्न गरी लोकतन्त्रको आधारशीला बलियो बनाउन आफू प्रयत्नशील रहेको पनि बताए ।

भेटमा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षहरुलाई थप बलियो एवम् प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको र भेटले नेपाल-अमेरिका सम्बन्धलाई बलियो बनाउन थप योगदान दिएको स्वकीय सचिव गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment