Comments Add Comment

मलाई प्रधानमन्त्री बन्न हतार भो भनेर गलत प्रचार गरे : ओली

Kp-Sharma-oli

१८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न हतारो भएको भनेर गलत प्रचार गरिएको बताएका छन् ।साथै उनले सीमांकनसहित साउनभित्रै नेपालको संविधान जारी हुने बताए ।

गन्तव्य नेपालको ११औँ वार्षिकोत्सव समारोहमा एमाले अध्यक्ष ओलीले एक-दुईदिनभित्रमा सहमति जुटाई सीमाङ्कनसहित साउनभित्रै संविधान जारी हुने बताए । उनले भने, सीमांकन बडो ठूलो विषय बनेको छ, यसले गर्दा केही मान्छे संविधान नै आउँदैन कि भन्ने सोचमा छन् । तर सीमांकनसहित संविधान साउनभित्रै आउँछ ।’

संविधान सुस्तरीसँग जारी गर्ने भन्दाभन्दै अघिल्लो संविधानसभा नै असफल भएको भन्दै संविधान जारी गर्न ढिला गर्न नहुने बताए । उनले भने, संविधान जारी गर्न किन हतार ? केपी ओलीलाई प्रधानमन्त्री बन्न हतार भएर हो ? भन्ने कुरा आएको छ, अहिलेसम्मका आन्दोलन केपी ओलीलाई प्रधानमन्त्री बनाउनै भएको हो त ?

सभासद् जगदीशनरसिंह केसीले दलहरुले गरेको सहमतिअनुसार सकेसम्म साउन अन्तिममा नभए आगामी भदौ २ गतेसम्म संविधान जारी गर्नुपर्ने उल्लेख गरे ।

सभासद् जनार्दन शर्माले प्रस्तावित नयाँ संविधानको सुझावलाई आत्मसात् गरेर जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment