+
+

युद्ध जस्तै स्थितिका लागि तयार रहन निर्देशन 

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ४ गते १९:०२

Kim-Jong-Un

४ भदौ, काठमाडौं । उत्तर कोरियाका नेता किम जोन उनले दक्षिण कोरियासँग सीमामा तैनाथ सैनिकलाई युद्धका लागि जस्तै तयार रहन भनेका छन् ।

दक्षिण कोरियासँग भएको गोलाबरीपछि उत्तरले यस्तो निर्णय लिएको सरकारी मिडियाले बताएको छ । केसीएनएका अनुसार आकस्मिक बैठकमा किमले युद्ध जस्तै स्थितिको घोषणा गरेका हुन् ।

उत्तर कोरियाका नेता किमले कुनै पनि समय र जुन सुकै प्रकारको कारबाहीका लागि तयार रहन सैनिकलाई निर्देशन दिएका छन् ।

यसअघि उत्तरले ४८ घन्टाभित्र सीमामा आफ्नोविरुद्ध भएको प्रसारण नरोके दक्षिण कोरियाविरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिएको थियो ।

उत्तरले ११ वर्षपछि सीमामा प्रसारण सुरु हुँदा गोलाबारी गरेको थियो, जसले दुई देशबीच तनाव बढेको छ । दक्षिण कोरियाले जवाफी फायरिङ गरेको छ । गोलाबारीमा कोही मारिएको खबर भने छैन ।

दक्षिण कोरियाले पश्चिमी सीमाका मानिसहरुले हट्न भनेको बीबीसीले जनाएको छ ।

उत्तर र दक्षिण कोरियाबीच १९५० देखि ०५३ सम्म युद्ध भएपछि युद्धविराम भएको थियो । तर, शान्ति सम्झौता हुन सकेन । दुई देशबीच अहिले पनि प्राविधिक रुपमा युद्ध चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?