+
+

बिहानै ४.१ रेक्टर स्केलको कम्पन

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते ७:२८

Gorkha

१० भदौ, काठमाडौं । बिहीबार बिहानै गोरखा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको छ ।

गोरखाको मनबु नजिकै केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ७ मीनेट जाँदा ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै मध्यरात १२ बजेर ५१ मीनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको पनि मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार दोलखालाई केन्द्र बनाएर ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्पन जानेक्रम रोकिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?