Comments Add Comment

भूकम्पको पीडामा पनि फुटबल खेल्ने नेपाली बालकलाई रोनाल्डोको जर्सी उपहार

Jetin Shrestha

११ भदौ, काठमाडौं । पोर्चुगल तथा रियल मडि्रडका फुटबल स्टार रोनाल्डोले एक १३ वर्षीय नेपाली बालकलाई आफ्नो हस्ताक्षरसहितको टिशर्ट उपहार पठाएका छन् ।

गत वैशाखमा आएको विनाशकारी भूकम्पले झण्डै ९ हजारको ज्यान लिनका साथै घरहरु ध्वस्त पार्दा पनि फुटबल खेल्न नछाडेका बनेपाका जेतिन श्रेष्ठलाई उनले उपहार पठाएका हुन् ।

टिशर्टसँगै उनले पठाएको सन्देशमा भनिएको छ, ‘जेतिन, बलियो हुनु, तिमीलाई शुभकामना ।’

Cristiano-Ronaldo-sends-shirt

आफ्नो हातमा रोनाल्डोले पठाएको उपचार पर्दा जेतिन केहिबेर रणभूल्लपरेका थिए । फोटोग्राफर ओमार हवाना र पत्रकार मागारिडा मोटाले बालकलाई उनका आदर्श फुटबलर रोनाल्डोसित जोडिदिने काम गरेका थिए ।

उनीहरुले भूकम्पले भत्किएको घर अगाडी पोर्चुगलको जर्सी लगाएर फुटबल खेलिरहेका बालकको तस्वीर रोनाल्डोलाई देखाएकोटेलिग्राफले जनाएको छ ।

Jetin Shrestha1

 त्यही तस्वीर हेरेर भावुक बनेका रोनाल्डोले जेनितलाई रियल मड्रिडको जर्सी उपहार पठाएका हुन् ।

उपहार पाएपछि जेतिनले भने-‘म फुटबललाई माया गर्छु । एक दिन रियल मडि्रडका लागि खेल्ने धोको छ ।’

Cristiano-Ronaldo-sends-shirt-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment