+

संरक्षक र सक्षमलाई डबल्स उपाधि

२०७२ असोज  २ गते १७:०७ २०७२ असोज २ गते १७:०७
संरक्षक र सक्षमलाई डबल्स उपाधि

Samrachak-and-Mayanka

२ असोज, काठमाडौं । संरक्षकभूषण वज्राचार्य र सक्षम कार्कीको जोडीले सातौं केसा ग्रुप/जेटिआई जुनियर खुला लनटेनिसको ब्वाइज डबल्सको उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा संरक्षक र सक्षमको जोडीले प्रशान्त बस्नेत र दीपेश केसीको जोडीलाई ६-० र ६-३ को सोझो सेटमा पराजित गरे ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा इरा रावत यु-१४ गल्र्स सिंगल्स च्याम्पियन बनिन् । फाइनलमा इराले एनी माथेमालाई ६-४ र ६-२ ले हराइन् ।

यु-१२ ब्वाइज सिंगल्सको उपाधि अदित सुवेदीले जिते । उनले फाइनलमा सम्यकभूषण वज्राचार्यलाई ६-३ र ६-३ को सोझो सेटमा पाखा लगाए । आरभ हाडाले अकी जुवेन रावतलाई ८-५ ले पन्छ्याउँदै यु-१० ब्वाइज सिंगल्समा पहिलो स्थान हात पारे ।

यसअघि सिंगल्सको यु-८ ब्वाइजमा प्रसिद्ध बस्नेत र गल्र्समा इभा अधिकारी, यु-९ ब्वाइजमा आरभ हाडा र गल्र्समा आजा रेग्मी, यु-१० गल्र्समा रायना शाह, यु-१२ गर्ल्समा अभिलाषा विष्ट, यु-१४ ब्वाइजमा प्रशान्त बस्नेत, यु-१६ ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र गर्ल्समा मायांका राणा तथा गल्र्स डबल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडीले स्वर्ण जितेका थिए ।

पाँचदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धामा १ सय २५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय