+

म्यानचेष्टर सिटी घरेलु मैदानमा वेष्टहृयामसँग पराजित

२०७२ असोज  ३ गते ८:२८ २०७२ असोज ३ गते ८:२८
म्यानचेष्टर सिटी घरेलु मैदानमा वेष्टहृयामसँग पराजित

sakho

३ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टहृयामले लिग लिडर म्यानचेष्टर सिटीलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा सिटी वेष्टहृयामसँग २-१ गोल अन्तरले पराजित भएको हो । यससँगै सिटीले ३ अंकको अग्रता हासिल गर्ने मौका गुमाएको छ ।

इत्तेहाद स्टेडियममा भएको खेलमा वेष्टहृयामले छैटौं मिनेटमा भिक्टर मोएजको गोलबाट अग्रता लियो । ३१ औं मिनेटमा सखोले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको अन्तिममा सिटीका केभिन डि ब्रोएनले गोल गर्दै वेष्टहृयामको अग्रता २-१ मा झारे ।

दोस्रो हाफमा वेष्टहृयामका गोलकिपरले केही उत्कृष्ट बचाउहरु गर्दै टोलीलाई जिताए ।

बल पोजिसन ७२ प्रतिशत सिटीको पक्षमा थियो भने गोलका लागि २७ पटक प्रयास गरेको थियो । तर, सफल भएन र लिगमा सिजनको पहिलो हार व्यहोरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय