४ असोज, काठमाडौं । संविधानसभाको अन्तिम दिन संविधानसभा भवनअगाडि शीर्ष नेता सेल्फी लिन व्यस्त थिए । सभासद् दिउँसोदेखि नै सेल्फीमै रमाइरहेका थिए । एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेतासँग तस्बिर लिन सभासद्देखि सर्वसाधारणसम्म झुम्मिएको नयाँ पत्रिकामा खबर छ ।
पूर्वसभासद्को रौनक
अघिल्लो संविधानसभाका सभासद् पनि निकै प्रफुल्लित देखिन्थे । संविधानसभा भवनको मूलगेटअगाडि पानीको फोहोरासँगै उनीहरू फोटो खिच्नमा व्यस्त देखिन्थे । पूर्वसभासद्का लागि न्हुत्से हलमा प्रोजेक्टरमार्फत संविधान जारी गरेको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था थियो ।