इन्टरनेट जाएन्ट गुगलले आफ्नो नयाँ नेक्सस एन्ड्रोइड स्मार्टफोन आगामी सेप्टेम्बर २९ मा सार्वजनिक गर्दैछ । आगामी मंगलबार हुने विशेष समारोहमा गुगलले आफ्ना विभिन्न मोडलका नयाँ नेक्सस स्मार्टफोनका साथै क्रोमकास्टको अपडेटेड भर्सन समेत पेश गर्ने बताइएको छ । क्रोमकास्ट यस्तो डिभाइस हो जो सिधै टेलिभिजन सँग जोडिन्छ र नेटफि्ल्क्स जस्तै सेवाद्धारा भिडियो सामाग्रीहरु स्ट्रिम गर्दछ ।
गुगलले बाँडेको निम्तोमा लेखिएको छ : केही स्वादिलो, नयाँ ट्रिट्स तथा अरु धेरै कुरा पाउनका लागि आउनुस् । हुनत निम्तोपत्रमा गुगलले आफ्नो नयाँ अपरेटिंग सिस्टम मार्सम्यालो ल्याउने भनेर तोकेको छैन तर यसको भाषा हेर्दा चाहीँ नेक्ससको नयाँ स्मार्टफोनमा मार्सम्यालो अपरेटिंग सिस्टम रहने कुरा पक्कापक्की रहेको लख काटिएको छ ।
गुगलले ल्याउन आाटेका कतिपय नयाँ ग्याजेटहरु अघिल्लो हप्ता विभिन्न समयमा लिक भए । समाचार अनुसार एल जी र हुवावे दुबै कम्पनीहरु अहिले गुगलसँग मिलेर नयाँ स्मार्टफोन बनाइरहेका छन् । त्यसैले सुरुमा हुवावे र एलजीले बनाएका दुइ नयाँ एन्ड्रोइड फोन समेत पेश गरिनेछ । एन्ड्रोइड सँग सम्बन्धित समाचारहरु छाप्ने न्यूज ब्लग ड्रोइड लाइफका अनुसार एलजीको नयाँ नेक्सस फोनको नाम नेक्सस फाइभ एक्स हुनेछ भने हुवावेको नेक्सस स्मार्टफोनको नाम नेक्सस सिक्स पि रहने बताइएको छ ।
गुगलका आगामी नेक्सस स्मार्टफोनमा फिंगर प्रिन्ट स्क्यानर, युएसबी टाइप सी पोर्ट, ५.२ इचन्को स्क्रिन हुनुका साथै ८ मिलिमिटर बाक्लो हुनेछ । साथै फोनको पछिल्लो भाग प्लास्टिकको हुने बताइएको छ । एलजीको नयाँ स्मार्टफोनमा पनि फिंगरप्रिन्ट हुनेछ । त्यस्तै धातु वा प्लास्टिकको फ्रेम रहनेछ । त्यस्तै फ्रन्ट प्यानलमा डुअल स्टेरियो स्पिकर हुनेछ भने यसमा थ्री डी क्यामरा र क्वालकम स्न्यापड्रागन ८१० चिपसेट रहने बताइएको छ ।
प्रतिक्रिया 4