+

मोर्गन र गोल्डेनगेट क्वाटरफाइनलमा

२०७२ असोज  ४ गते १९:३६ २०७२ असोज ४ गते १९:३६
मोर्गन र गोल्डेनगेट क्वाटरफाइनलमा

४ असोज, काठमाडौं । मोर्गन इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मोर्गनले जेभियर इन्टरनेसनललाई ३९-२८ ले पराजित गर्‍यो । मोर्गनको जितमा जोनबहादुर शाहले ११ अंक योगदान गरे । दीपेश महर्जनको १७ अंक सहयोगमा गोल्डेनगेटले किस्कलाई ७४-२८ को फराकिलो अन्तरले हरायो ।

ब्वाइजमै एलआरआई, आईडियल मोडेल कलेज, एन्जल्स हर्ट र प्राइम पनि क्वाटरफाइनलमा पुगे ।

एलआरआईले नासालाई ७८-४९, आइडियलले आयोजक बर्नहार्टलाई ५१-३८, एन्जल्स हार्टले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ४५-४१ तथा प्राइमले पि्रमियरलाई ६६-२१ ले पाखा लगाए ।

एलआरआईका राज कुँवरले २३, आईडियलका अनिश गुरुङले १८, एन्जल्स हर्टका प्रवीण मगरले २१ तथा प्राइमका शशि पराजुलीले १२ स्कोर गरे ।

लिभरपुर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेज यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय