+

डर्टमुन्डको पोष्टमा बार्यनको पाँच गोल

२०७२ असोज  १८ गते ७:१७ २०७२ असोज १८ गते ७:१७
डर्टमुन्डको पोष्टमा बार्यनको पाँच गोल

Robert-Lewandowski

१८ असोज, काठमाडौं । जर्मन लिग बुन्डेजलिगामा बार्यन म्युनिखले बलियो टोली बोरुसिया डर्टमुन्डमाथि शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रोबर्ट लेभान्डोस्कीले शानदार गोलस्कोरिङलाई कायमै राख्दा बार्यन म्युनिखले डर्टमुन्डमाथि ५–१ गोल अन्तरको जित हात पारेको हो ।

खेलमा बार्यनले २६ औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । ३५ औं मिनेटमा पेनाल्टी गोल मार्फत मुलरले नै अग्रता दोब्बर पारे ।

तर, त्यसको एक मिनेटपछि नै ओबामुयाङले गोल गर्दै बोरुसिया डर्टमुन्डलाई खेलमा फर्काउने संकेत दिए । दोस्रो हाफमा लेभान्डोस्की खेलमा छाए । खेलको ४६ औं मिनेटमा उनले गोल गरे ।

५८ औं मिनेटमा लेभान्डोस्कीले दोस्रो गोल गरे । खेलको ६६ औं मिनेटमा मारियो गोट्जेले गोल गर्दै बार्यनलाई ५–१ को जित दिलाए ।

जितपछि बार्यन म्युनिखले ७ अंकको प्रष्ट अग्रता लिएको छ । बार्यन ८ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डको १७ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय