+
+

चुच्चेपाटीमा निल डेभिडको छैठौं शाखा, करिश्माले गरिन् उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १०:४४

karisma-uthghatan
चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफ्नो छैठौ शाखा चावहिलको चुच्चेपाटीस्थित केएल टावरमा सुरु गरेका छन् । ‘निल डेभिड्स युनिसेक्स सलुन’को सोमबार कलाकार, उद्योगपति, व्यापारी लगायतको उपस्थित थियो । नायिका करिश्मा मानन्धरले छैठौ शाखाको उद्घाटन गरिन् ।

कार्यक्रममा नायिका नन्दिता केसी, हाँस्य कलाकारहरु निर्मल शर्मा, दीपाश्री निरौला, गायक सिताराम पोख्रेल, उद्योगपति राजेन्द्र खेतानको उपस्थिती थियो । उद्घाटन समारोहमा निलले कलाकारहरुका लागि चलचित्रको पात्र सुहाउँदो हेयर स्टाइल सेवा दिदै आएको र आगामी दिनमा यसलाई अझ जोड दिने बताए ।

नायिका करिश्मा मानन्धरले युवाहरुको यस्तै प्रतिभाले नेपाललाई समुन्नत बनाउने धारणा राखिन् । झापाका निल विश्वका धेरै देशबाट हेयर स्टाइलिङ र फेसन डिजाइनिङको अध्ययन गरेर नेपालमा हेयर स्टाइलिष्टको रुपमा अगाडि बढेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?