+

क्रिकेट प्रशिक्षक पुबुदुले राजीनामा दिए

२०७२ असोज  १९ गते २०:१४ २०७२ असोज १९ गते २०:१४
क्रिकेट प्रशिक्षक पुबुदुले राजीनामा दिए

Pubudu

१९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दशानायकले राजीनामा दिएका छन् ।

पुबुदुले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । उनले नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक महासचिव उक्तम कर्मचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

उनको प्रशिक्षणमा नेपालले अन्तिम खेल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नोभेम्बर १६ र १८ मा पपुवा न्यूगिनीसँग खेल्नेछ ।

श्रीलंकाली मुलका क्यानडेली प्रशिक्षक दशानायकेले सन् २०११ अक्टोबरमा नेपाली टीम सम्हालेका थिए । उनकै प्रशिक्षणमा नेपालले २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो, जुन नेपाली क्रिकेटले हात पारेको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी समेत हो ।

दशानायके आउादा डिभिजन ४ मा रहेको नेपाल अहिले डिभिजन एकमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय