+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंमा कतै धोती जुलुस, कतै सामुहिक मीत लगाइयो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २३ गते ११:५०

Dhoti Rally At Kathmandu (2)

२३ असोज, काठमाडौं । समाजिक सदभाव कायम होस् भन्ने सन्देश दिन भन्दै राजधानीमा धोती र्‍याली प्रदर्शन गरिएको छ ।

तराई मधेसमा आन्दोलन भइरहेका बेला काठमाडौंमा धोती कुर्था लगाएर प्रदर्शन गरिएको हो । स्वफूर्त रुपमा गरिएको र्‍यालीमा काठमाडौंका रैनाथेदेखि जनजातिहरुको पनि सहभागिता थियो ।

सहभागी मध्येका एक श्री गुरुङले भने-हामी तराईका दाजुुभाइको पहिचान समेट्न चाहन्छौं । तराईले पनि पराईं सोच्नु भएन । पहाडलाई पनि समेट्नपुर्छ भन्ने सन्देश दिन यो कार्यक्रम गरिएको हो ।’

Dhoti Rally At Kathmandu (7)

सहभागीहरुले हातमा राष्ट्रिय झण्डा बोकेका थिए भने ‘सागरमाथा, मेरो जनकपुरधाम, मेरो लुम्बिनी, मेरो पशुपतिनाथ, मेरो मुस्ताङ, मेरो खप्तड, मेरो नेपाल’, एकता नै समाधान हो जस्ता प्ले कार्ड बोलेका थिए ।

मधेसी र पहाडीले काठमाडौंमा मीत लगाए

Radhika-Kahdka

शनिबार नै भृकुटीमण्डपमा पहाडे र मधेसी समुदायका युवाहरुले आपसमा मीत लगाएका छन् ।

भृकुटीमण्डपमा भेला भएर पहाडे र मधेसी समुदायवीच आपसी सदभाव कायम गर्ने उद्देश्यले मीत लगाइएको अनेरास्ववियूकी सचिव राधिका खतिवडाले अनलाइनखबरलाई बताइन् । खतिवडाले सप्तरीकी अनिता साहसँग मीत लगाएकी छिन् ।

Dhoti Rally At Kathmandu (3) Dhoti Rally At Kathmandu (4) Dhoti Rally At Kathmandu (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?