+

काठमाडौं म्याराथनको उपाधि पूर्णलाई

२०७२ असोज  २३ गते १६:१८ २०७२ असोज २३ गते १६:१८
काठमाडौं म्याराथनको उपाधि पूर्णलाई

Kathmandu-Marathon

२३ असोज, काठमाडौं । नवौं काठमाडौं म्याराथनको उपाधि पूर्ण तामाङले जितेका छन् । शनिबार भएको दौडमा तामाङले २ घण्टा २२ मिनेट १९ सेकेण्डमा दुरी पार गर्दै उपाधि जितेका हुन् ।

हामलाल श्रेष्ठ दोस्रो भएका छन् । उनले २ घण्टा २२ मिनेट ५० सेकेण्डमा दौड पुरा गरेका छन् । २ घण्टा २४ मिनेट १९ सेकेण्डमा दौड पुरा तीर्थ तामाङ तेस्रो भएका छन् ।

हाफ म्याराथनमा कल्याण बानिया पहिलो भएका छन् । उनले एक घण्टा ११ मिनेटमा दुरी पुरा गरेका छन् । एलबी थापा दोस्रो र कृष्ण सुन्दर तेस्रो भएका छन् ।

महिलातर्फको हाफ म्याराथनमा रेसु बस्नेत पहिलो भएकी छन् । उनले १ घण्टा ३६ मिनेट २८ सेकेण्डमा दुरी पुरा गरिन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय