+

म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापासहित चार खेलाडी पक्राउ

२०७२ असोज  २७ गते २३:५९ २०७२ असोज २७ गते २३:५९
म्याच फिक्सिङको आरोपमा कप्तान सागर थापासहित चार खेलाडी पक्राउ

Sagar-thapa

२७ असोज, काठमाडौं । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी पक्राउ परेका छन् । एक प्रशिक्षक पनि पक्राउ परेका छन् ।

थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कप्तान थापालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरेको हो ।

अन्तराष्ट्रिय फुटबलमा नेपालले लगातार खराव नतिजा हात पारिरहेको बेला कप्तानसहितका खेलाडी म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये रितेश विभागीय टीम नेपाल पुलिसका समेत गोलकिपर हुन् । विकास मनाङका र थापा र राई थ्रीस्टारमा आवद्ध छन् । यस्तै केसी थ्रीस्टारका पूर्व प्रशिक्षक हुन् ।

अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

स्रोतका अनुसार नेपाली खेलाडीहरुले अफगानिस्तानसहितका खेलहरुमा मिलेमतो गरेको देखिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय